ठूलोभेरी नगरपालिका–९ को भिठी भन्ने स्थानमा भे१च १२५१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चारजनाले ज्यान गुमाएको र दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
मृत्यु हुनेमा लोकचन्द्र शाही, बुद्धसिंह कठायत, सोनी रोकाया र धर्मलाल बुढा छन् । दुर्घटनामा पञ्च बुढा र केशर आर्चाय घाइते भएका छन् ।
सदरमुकाम दुनैबाट छुटेको जिप कच्चीबाटोबाट १५० मिटर तल खोचमा खसेको थियो ।
दुर्घटनास्थल सदरमुकाम दुनैबाट डेढ घन्टाको पैदल दुरीमा पर्दछ ।










प्रतिक्रिया दिनुहोस्