एमाले सम्पर्क समन्वय कमिटीले मंगलबार राजधानीमा आयोजना गरेको भेलामा उनले चुनाव हुँदैन कि भन्ने द्विविधा नपाल्न कार्यकर्तालाई आग्रह गरे ।
चुनाव सार्ने षड्यन्त्रमा केही व्यक्तिहरु लागिरहेको भन्दै नेता नेपालले ‘त्यस्ता षड्यन्त्रहरुलाई एमालेले सफल हुन दिँदैन’–भने ।
भेलामा अर्का वरिष्ठ नेता झलनाथ खनालले वैशाख ३१ मा चुनाव नभए जनतालाई विद्रोहमा उतार्ने चेतावनी दिए ।
‘संविधानको संरक्षण गर्न एमालेलेमात्रै सक्छ’ भन्दै उनले एमालेलाई हराउन कुनैपनि शक्तिले नसक्ने बताए ।
सो अवसरमा एमाले कार्यबाहक अध्यक्ष बामदेव गौतमले विभिन्न पार्टी परित्याग गरी एमालेमा फर्किएकाहरुलाई स्वागत गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्