Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


‘कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि सरकारको पूर्ण सहयोग’


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सो विश्वविद्यालयका कुलपतिसमेत रहेका दाहालले कृषि विश्वविद्यालयले अनुसन्धान, उत्पादन र विकासको क्षेत्रमा ठोस योगदान दिने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयको विशेष बैठकले सिन्धुलीको कपिलाकोट, महोत्तरीको बर्दिबास, धनकुटाको पाख्रिबास, गोरखाको च्याङ्ली, स्याङ्जाको चापाकोट र रोल्पाको माडिचौरमा कृषि विषयको आंगीक क्याम्पस र कालिकोटको पदमघाट, गोरखाको घ्यालचोकमा कृषि विज्ञान केन्द्रलाई सम्बन्धन दिने प्रस्ताव पारित गरेको छ ।

बैठकले शिक्षक, कर्मचारी सेवा नियमावली २०६९ र आर्थिक प्रशासन नियमावली २०६९ मा संशोधन प्रस्तावसमेत पारित गरेको छ ।