भूकम्पले ध्वस्त भएको दरबार हाइस्कुलको अवस्था दयनीय रहेको छ । जसका कारण ठूलो संख्यामा विद्यार्थीहरुसमेत बाहिरिइसकेका छन् ।
वि.सं. १९१० सालामा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरले स्थापना गरेको मुलुककै पहिलो विद्यालयको यो अवस्था देख्दा जोसुकैको मन कटक्क खान्छ ।
भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि यो ऐतिहासिक शिक्षालयको पुनःनिर्माण हुन सकेको छैन ।
विद्यालय पुनःनिर्माणका लागि सम्बन्धित निकायमा पटक–पटक बिन्ती गर्दा पनि काम अघि बढ्न नसकेको बताउँछन्, विद्यालयका सहायक प्रधानाध्यानपक अखिलेश आजत ।
रानीपोखरीको पश्चिमपट्टि अवस्थित यस दरबार हाइस्कुलमा नर्सरीदेखि कक्षा १० सम्म पठन–पाठन हुँदै आएको छ ।
इन्रनेसनल बौद्ध चुचि संघको सहयोगमा बनेको अस्थायी टहरामा अहिले विद्यार्थीहरुलाई पढाउने काम भइरहेको छ ।
स्थायी संरचना नहुँदा एउटा कोठाको हल्लाले अर्को कोठाको पढाइमा बाधा पुग्ने गरेको छ ।
विद्यार्थीहरुलाई लामो समयदेखि टहरामा पढाइरहनु पर्दा अभिभावकहरुले सधैं गुनासो गर्ने गरेको आजतको भनाइ छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्