गोष्ठी उद्घाटन गर्दै गृहसचिव लोकदर्शन रेग्मीले यस क्षेत्रका १६ जिल्लाका कुनै मतदान केन्द्र संवेदनशील स्थितिमा नराखिएकाले सुरक्षाको राम्रो प्रबन्ध गर्न निर्देशन दिए ।
मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीले निर्वाह गर्ने भूमिकाले सिंगै देशको मुहार देखिने भएकाले आफ्नो दायित्व पूरा गर्न आग्रह गरे ।
कार्यक्रममा गृह सचिव रेग्मीसहित, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी प्रमुख महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिप रेग्मी र नेपाली सेनाका उपरथि विनोद श्रेष्ठ पनि छन् ।
यसैगरी पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक, सबै सुरक्षा निकायका प्रमुखको पनि सहभागिता रहेको छ ।










प्रतिक्रिया दिनुहोस्