बुधबार राजधानीमा गरिएको कार्यक्रममा बालअधिकारको क्षेत्रमा काम गरिरहेका संघ–संस्थाले राजनीतिक दलका प्रतिनिधिलाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनको प्रचार–प्रसार, सभा–जुलुस र निर्वाचनसँग सम्ब्न्धित अरु गतिविधिमा बालबालिकालाई सहभागी नबनाउन दलहरुलाई आग्रह गरेका हुन् ।
उनीहरुले निर्वाचनको सन्दर्भमा विद्यालय बन्द गरी सभा गर्ने र बालबालिकाको पढाइमा बाधा पुर्याउने काम नगर्न दलहरुको ध्यानाकर्षण गराएका छन् ।










प्रतिक्रिया दिनुहोस्