Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


जिप दुर्घटनामा दुईजनाको मृत्यु, आठजना घाइते


0
Shares

सिन्धुली जिल्लाको पिपलभञ्याङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना गम्भीर घाईते छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा धनुषा जिल्ला बलवाखर—८ का जयकुमार यादव र सरोजकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाईते भएका ८ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

वीपी राजमार्गअन्तर्गत सिन्धुली–खुर्कोट खण्डको घुमाउरो सडकमा पानी परेको समयमा तीब्रगतिमा गुडेको जिप स्टेयरिङ फेल भएर सडकबाट २ सय मिटर पाखामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।