Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नेप्से १२ अंकले ऋणात्मक


0
Shares

काठमाडौं, फागुन ८ । अघिल्लो दिन दोहोरो अंकले उकालो लागेको सेयरबजार बुधबार पुनः दोहोरो अंकले नै ओरालो लाग्यो । कारोबारपनि खुम्चियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १२ अंकले ऋणात्मक रहेर ११ सय १२ मा आएर थामियो ।

उत्पादनमूलक सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे । जीवनबिमा समूह सबैभन्दा उच्च १६७ अंकले ओरालो लाग्यो । निर्जीवन बिमा समूह पनि १०५ अंकले झर्‍यो । लघुवित्त र विकास बैंक समूहपनि दोहोरो अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीका ६ लाख ८१ हजार कित्ता सेयर जम्मा १६ करोड ६२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।