काठमाडौं, फागुन ८ । नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त चेतावनी दिएको हो ।
संघका अध्यक्ष गोकुल भण्डारीले सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नगरेकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको बताए ।
संघले कमिसन वृद्धि, नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी ग्यास बुलेट सन्चालन गर्न पाउनुपर्ने, ग्यासको बिक्री मूल्य कटौती गरी एकरुपता कायम गर्नुपर्ने, सिलिन्डर तथा ग्यास दुर्घटनाको बिमा गर्नुपर्ने, एलपी ग्यास विनियमावली २०६५ को समयानुकूल परिमार्जन गर्नुपर्नेलगायतका माग राख्दै पूरा नभए आन्दोलन थाल्ने चेतावनी दिएको हो ।









प्रतिक्रिया दिनुहोस्