
मध्यपूर्वमा अमेरिकी चासोलाई इरानले अवमूल्यन गरेको उनको भनाइ थियो ।
एक विज्ञप्तिमार्फत् अमेरिकी विदेशमन्त्री टिलर्सनले उत्तर कोरिया हिँडेको बाटोमा अनियन्त्रित इरान पनि हिँड्ने सामर्थ्य राख्ने टिप्पणी गरे ।
इरानले आतंक र हिंसा निर्यात गरेको र एकै समयमा एकभन्दा बढी मुलुकलाई अस्थिर बनाइरहेको टिलर्सनको जिकिर थियो ।
उनले सिरियाको संघर्षमा इरान संलग्न रहेको र राष्ट्रपति बशर अल असदलाई सहयोग गरेकोमासमेत आलोचना गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताको समीक्षा गर्न आदेश दिइसकेका छन् । यद्यपि, तेहेरानले सन् २०१५ को उक्त सम्झौता मानिरहेको अमेरिकाले स्वीकार गरेको छ ।
आणविक हतियार विकास गरिरहेको पश्चिमाहरुको आरोप भने इरानले अस्वीकार गर्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्