Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


पञ्जाबका मुख्यमन्त्रीले नेपाललाई विद्युत बेच्न प्रधानमन्त्री मोदीसँग मागे अनुमति


13
Shares

नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै मुख्यमन्त्री सिंहले पञ्जाबमा मागभन्दा बढी विद्युत उत्पादन भएको भन्दै उत्पादित विद्युत नेपाललाई बेच्नका लागि अनुमति मागेका हुन् ।

उनले पञ्जाबमा जारी आर्थिक संकट अन्त्यका लागि विद्युत बिक्री एउटा उपाय भएको पनि बताए । नेपालका अतिरिक्त पाकिस्तानलाई पनि विद्युत बिक्री गर्न सकिनेतर्फ उनले प्रधानमन्त्री मोदीको ध्यानकर्षण गराएका छन् ।

राज्य सरकारले केन्द्रीय उर्जा मन्त्रालयलाई विद्युत बिक्रीसम्बन्धी प्रस्ताव पेश गरिसकेको भन्दै उनले मोदीसमक्ष उर्जा मन्त्रालयमा विचाराधीन प्रस्ताव स्वीकृतिका लागि निर्देशन दिन माग गरेका छन् । (एजेन्सी)