काठमाडौं, फागुन ८ । शताब्दीपुरुष सत्यमोहन जोशी १०० वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।
महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी उनको जन्मोत्सवमा आगामी नयाँ वर्षभरि विविध कार्यक्रमको आयोजना गर्ने जानकारी गराइयो ।
कार्यक्रमअन्तर्गत् शताब्दीपुरुष जोशीको तस्वीरअंकित हुलाक टिकट प्रकाशन, स्वर्णमुद्रा निष्कासनलगायतका कार्यक्रम गरिनेछ ।
कार्यक्रमका लागि मेयर चिरिबाबु महर्जनको संयोजकत्वमा १११ सदस्यीय मूल समारोह समितिसमेत गठन गरिएको छ ।
सत्यमोहन जोशी वि.सं. १९७७ वैशाख ३० गते ललितपुरको बखुमबहालमा जन्मिएका हुन् ।








प्रतिक्रिया दिनुहोस्