Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


निर्वाचनका लागि भारतबाट घर फर्कनेकोे लर्को


0
Shares

स्थानीय तहको निर्वाचनमा मत हाल्न सार्की दुई महिनाको बिदा लिएर भारतको दिल्लीबाट आएका हुन् । स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको उनको भनाइ छ ।

यस्तै, छेडेदह गाउँपालिका–१ का धनसिंह रोकाया तीन महिनाअगाडि मजदुरी गर्न भारत गएपनि एक हप्ताअघि घर फर्किएका छन् ।

रोकाया पनि स्थानीय तहको निर्वाचनका लागि घर फिर्ता भएका हुन् । ‘वडामा उम्मेदवारी दिने योजना बनाएर घर फर्केको हुँ’–रोकायाले भने ।

लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले चौकीदारी काम छोडेर आएको रोकाया बताउँछन् ।

ब्रह्मतोलाका गणेश रौले पाँच महिनादेखि चौकीदारी गर्न भारतको राजधानी नयाँदिल्ली गएका थिए ।

उनी स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा अध्यक्ष पदमा उम्मेदवारी दिने भन्दै घर फर्किका छन् । ‘मसँगै धरै नेपाली निर्वाचनका लागि घर फर्किएका छन्’–रौलेले भने ।

बेतालमाडौंस्थित बसको टिकट काउन्टरका खड्कराज जोशी भारतबाट दैनिक चार/पाँच सयको संख्यामा नेपाली नागरिक घर फर्कन थालेको बताउँछन् ।

‘बसमा दसैंमाजस्तै घर फर्कनेको चाप देखिन्छ’–उनले भने ।

अधिकांशलाई चुनाव लागेको छ । भारतका विभिन्न सहरमा मजदुरी गर्दै आएका यहाँका बासिन्दा घर फर्कनेक्रम बढेको छ । रासस