Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


निर्वाचनमा ११ जिल्लामा चन्द माओवादीको गतिविधि सुरक्षा चुनौती : गृहमन्त्री


0
Shares

                                                                                        फाइल फोटो
शुक्रबारदेखि धुलिखेलमा सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले भने–‘निर्वाचनलाई कसरी भयरहित बनाउने भन्ने विषय साझा जिम्मेवारी हो ।’

गृहमन्त्री निधिले निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्न, उम्मेदवार र मतदातालाई सुरक्षा महसुस हुने वातावरण निर्माण गर्न सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्दै ढुक्क र निर्भिक भएर कुनैपनि भ्रममा नपरी काम गर्न निर्देशन दिए ।

११ जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप पर्छन् ।

यसैबीच, पत्रकारसँग कुरा गर्दै गृहमन्त्री निधिले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण निर्माण हुन लागेको बताए ।

उनले निर्वाचन बिथोल्नेप्रति सरकार कडा ढंगले प्रस्तुत् हुने जानकारी दिँदै ढुक्क भएर निर्वाचनमा भाग लिन उम्मेदवार र मतदातालाई आग्रह गरे ।

गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी छन् ।

अधिकांश सहभागीले चन्द माओवादीको निर्वाचनलक्षित कार्यक्रम, सुरक्षाका लागि सवारी–साधनको अभाव, दुर्गम क्षेत्रमा आवश्यकताअनुसार हेलिकोप्टरको प्रयोगलगायतका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए । रासस