पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार बुटवलबाट मानपकडीतर्फ जाँदै गरेको लु१ख ९२६५ नम्बर माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु१ प २९७ मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार बुटवल–१४ का २५ वर्षीय झमबहादुर परियार रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते मोटरसाइकल चालक विमल थापाको अञ्चल अस्पताल बुटवल उपचार भइरहेको छ । रासस










प्रतिक्रिया दिनुहोस्