३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


तालिबान लडाकुद्वारा अफगानिस्तानको सैनिक शिविरमा भीषण आक्रमण, १३० जना मारिए


0
Shares

घन्टौंसम्म चलेको संघर्षमा परी मारिनेमा अधिकांश सैनिक छन् ।

सो संघर्षमा १० जना तालिबान लडाकु पनि मारिएको र एकजना पक्राउ परेको जनाइएको छ ।

मजार–ए–सरिफ सहरको बाहिरी क्षेत्रमा रहेको सेनाको मुख्यालयमा आक्रमण गरिएको हो । सेनाको पोसाकमा आएका तालिबान लडाकुले आक्रमण गरेका थिए ।

तालिबानले घटनाको जिम्मेवारी लिएको छ ।

अफगान सेनालाई तालिबानविरुद्धको कारबाहीमा पश्चिमा राष्ट्रको गठबन्धन सेना ‘नेटो’ले साथ दिँदै आएको छ । (एजेन्सी)