ट्रष्टले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा ट्रष्टका अध्यक्ष तथा पूर्वप्रधानसेनापति रुक्माङगद कटवालले पत्रकारिता, कृषि, इन्जिनियरिङ, नापी, विज्ञान, वाणिज्यलगायतका विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरे ।
‘सहराबिनाको लागि परोपकारी अभियान’ भन्ने उद्देश्यका साथ स्थापना भएको ट्रष्टले दुर्गम क्षेत्रका असहाय विद्यार्थीलाई आर्थिक सहयोग गर्नुको साथै स्कुल भवन निर्माणमासमेत सहयोग गर्दे आएको जनाएको छ ।
कार्यक्रममा ट्रष्टका आजीवन सदस्यहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्