Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच सप्तरीमा झडप


0
Shares

मोर्चाका कार्यकर्ताले तालिम हलभित्र गएर मतदाता शिक्षा सामाग्री च्यात्न थालेपछि झडप भएको हो ।

त्यसक्रममा मोर्चा कार्यकर्तालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो ।

लाठीप्रहारबाट मोर्चाका शम्भु यादव, विनोद यादव, आशोलाल यादल र मनोज राउत घाइते भएका छन् ।

घाइते सबैको स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

मोर्चाका कार्यकर्ताले निर्वाचन कार्यक्रम बिथोल्न खोज्दा सामान्य बल प्रयोग गर्नुपरेको प्रहरी नायव उपरीक्षक लक्षमीराज अधिकारीले जानकारी दिए ।

Skip This