Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


खसी–बाख्राले झैं स्याउला खान्छन् यिनले, २५ वर्षदेखि स्याउला नै मूख्य आहार !


0
Shares

पाकिस्तानको पञ्जाव प्रान्तमा मजदुरीको काम गर्दै आएका महमुद बटले विगत २५ वर्षदेखि रुखका हरियो पातलाई नै आफ्नो मूख्य आहार बनाएका हुन् । सुरुमा उनले गरिबीका कारण भोक मेट्न पत्ता खान थालेका हुन् । तर अहिले पेट भर्न सक्नेगरी कमाउन थाले पनि उनी पत्ता खान बानी नै परेको बताउँछन् ।

‘सुरुमा मेरो आम्दानी थिएन, गरिबीका कारण पेट भर्न समस्या थियो,’ ५० वर्षीय उनले भने, ‘काम धन्दा थिएन, भोक मेट्न सडकमा भिख माग्नुभन्दा स्याउला खाएरै भए पनि बाँच्ने निधो गरेँ ।’

अहिले मजदुरी गरेर आफू र परिवारको पेट पाल्न सक्ने हैसियत भएको उनी बताउँछन् । तर स्याउला खाने बानी परेका कारण अझै आफू दैनिक सडक किनारका रुख भाँचेर पत्ता खाने गरेको उनले सुनाए ।

उनी भन्छन्, ‘अब त स्याउला खान बानी नै परिसक्यो ।’ स्याउला खाँदा कहिल्यै अस्वस्थ्य नभएको उनी बताउँछन् । (एजेन्सी)