तिनाउँ गाउँपालिका वडा नम्बर–३ झुम्सामा भएको ट्रिपर दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
लु१ख ९०३१ नम्बरको ट्रिपर सिद्धार्थ राजमार्गबाट गिट्टी खानीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा परी तिनाउँ गाउँपालिका, वडा नम्बर–३ का चालक पुर्ण बहादुर सारु, उनकी श्रीमती बाल कुमारी सारु, छोरा हिमेश सारु र टिप्परका सहचालक विमल कनौजाको मृत्यु भएको हो ।
उनीहरुको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी आइतबार नै पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर ७ मा भएको जीप दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बतासेबाट तानसेन आउँदै गरेको लु १ ज १५८१ नम्बरको जिप दुर्घटनामा परी रिब्दिकोट–७ का राम बहादुर गाहाको घटनास्थलमै मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्