Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


डीआईजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा


0
Shares

सोमबार बिहान प्रहरीको एक टोलीले नियन्त्रणमा लिई उनलाई प्रहरी प्रधान कार्यालयमा बयानका लागि लगिएको जनाइएको छ ।

वरिष्ठ अधिवक्ता शम्भु थापाको बालुवाटारस्थित निवासबाट डीआइजी सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी कानुनी परामर्शका लागि वरिष्ठ अधिवक्ता थापाको निवासमा पुगेका थिए ।

प्रहरी महानिरीक्षकले बोलाएको बैठक वहिष्कार गरेपछि डीआइजी थापालाई प्रहरी प्रधान कार्यालयले स्पष्टिकरण सोधेको थियो । त्यसैगरी आइजीपी नियुक्ति प्रकरणमा अदालतमा मुद्दा दायर गर्ने क्रममा उनले पेश गरेको कार्यसम्पादन मूल्यांकन सूचीसमेत कीर्ते रहेको भन्दै मन्त्रिपरिषदले छानविनका लागि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

यी दुवै प्रकरणलाई जोडेर प्रहरी प्रधान कार्यालयले उनलाई बयान लिन बोलाए पनि उपस्थित नभएका कारण नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयमा लगिएको प्रहरी स्रोतले जनाएको छ ।