Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सरकारले खानेपानी मन्त्रालयका सचिव ठाकुरलाई जिम्मेवारीबाट हटायो


0
Shares

काठमाडौं, फागुन ७ । मेलम्ची खानेपानी आयोजनाको विवाद चर्कंदै जाँदा सरकारले खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरलाई जिम्मेवारीबाट हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकलले ठाकुरलाई अक्षमको आरोप लगाउँदै हटाएको हो ।

मेलम्ची आयोजनाको इटालियन ठेकेदार काम छाडेर हिँडेपछि उत्पन्न विवाद बढ्दै जाँदा सचिव ठाकुर हटाइएका हुन् ।

ठाकुरलाई खानेपानी मन्त्रालयको जिम्मेवारीबाट हटाएर जगेडामा राखिएको बुझिएको छ ।

उनको ठाउँमा कसलाई पठाउने भन्ने जिम्मा मुख्यसचिव लोकदर्शन रेग्मीलाई दिइएको पनि जनाइएको छ ।

आयोजनाको १० प्रतिशत पनि काम बाँकी नरहेको बेला निर्माण कम्पनीले छाडेर हिँडेपछि खानेपानीमन्त्री बीना मगर र सचिव ठाकुरबीच मनमुटाव बढेको र सोही कारण मन्त्री मगरले नै सचिवलाई हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको जनाइएको छ ।

सरकारले गएको दसैंअघि नै मेलम्चीको पानी घर–घरमा पुग्ने घोषणा गरेको थियो ।