Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सडक शिलान्यास हुनासाथ ‘खोइ गाडी कुदेको ?’ भन्छन् : प्रधानमन्त्री


0
Shares

बिराज रोस्यारा (इमेज)

डोटी, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको सहजपुरबाट डोटीको बोगटान हुँदै दीपायल पुग्ने सडक कालोपत्रेको मंगलबार डोटीको बीपीनगरमा शिलान्यास गरेका छन् ।

सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले अबको ३० महिनामा यस क्षेत्रमा कालोपत्रे सडकमा गाडी कुद्ने बताए ।

बोगटान क्षेत्रको विकासका लागि संघीय सरकारका तर्फबाट विशेष प्राथमिकता दिइनेसमेत उनले उल्लेख गरे ।

सडक शिलान्यासकाक्रममा स्थानीयलाई सम्बोधन गर्दै उनले बीपीनगरसहितको क्षेत्रमा विद्युतीकरणका लागिसमेत पहल गरिने आश्वासन दिए ।

डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम आलेले बोगटान क्षेत्रमा विद्युतीकरणका लागि १० करोड रुपैयाँ लाग्ने बताएपछि प्रधानमन्त्री ओलीले १० करोडभन्दा बढी लाग्ने भएपनि सो क्षेत्रमा केही महिनाभित्र विद्युतीकरणका लागि काम हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘सडक शिलान्यास हुनासाथ खोइ गाडी कुदेको ?’ भन्ने चलन बढिरहेको भन्दै उनले शिलान्यास भएपछि सडक पूर्ण हुन ३० महिना लाग्ने बताए ।

प्रधानमन्त्री ओलीले ‘घोषणा हुनासाथ खोइ पूरा भएको ?’ भनेर भन्ने प्रवृत्ति घातक भएको टिप्पणीसमेत गरे ।