नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा उनी विजयी भएको मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिए ।
प्रेस चौतारी नेपालमा आबद्ध बिँडारी ‘दामन पोष्ट’ साप्ताहिकका सम्पादक हुन् ।
यसैगरी, २० सदस्यीय कार्यसमितिमा उपाध्यक्ष खुलामा सूर्य सुवेदी, महिला उपाध्यक्षमा सीता पोखरेल, सचिवमा मोहन पन्त, सहसचिवमा रामशरण माझी र अमीर लामा, कोषाध्यक्षमा रामचन्द्र बस्नेत निर्वाचित भएका छन् ।
चुनावमा कुल एक हजार ३७५ मतदातामध्ये ८७८ मत खसेको थियो । रासस










प्रतिक्रिया दिनुहोस्