Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


प्रधानमन्त्रीलाई नेविसंघको कालोझन्डा, विकासको लहर जुर्मुराएर आयो : प्रधानमन्त्री


0
Shares

डडेल्धुरा, फागुन ७ । नेपाली कांग्रेसका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझन्डा देखाएका छन् ।

मंगलबार डडेल्धुरामा नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन प्रसारण केन्द्रको उद्घाटन गर्नेक्रममा प्रधानमन्त्री ओलीलाई नेविसंघका विद्यार्थी नेताहरुले कालोझन्डा देखाएका हुन् ।

सोक्रममा केही विद्यार्थी नेताहरु भने घाइते भएका छन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा विकासको लहर जुर्मुराएर आएको बताए ।

सुदूरपश्चिम प्रदेशका सात जिल्लालाई केन्द्रित गरी डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर–१ मा करिब ५५ करोड रुपैयाँको लागतमा १३२/१३३ केभीको सबस्टेसन निर्माण सम्पन्न भएको हो ।

योसँगै सुदूरपश्चिम लोडसेडिङमुक्त भएको छ भने अतिरिक्त विद्युत् राष्ट्रिय ग्रीडमा पनि जोडिएको छ ।