फाइल फोटो
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले सोमबार सिलवालले गैरकानुनीरुपमा आफूलाई थुनामा राखेको भनी दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइपछि सो आदेश गरेको हो ।
आदेशमा प्रहरी नायब महानिरीक्षक सिलवाललाई अदालतका रजिस्ट्रारको रोहबर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा सोमबारै थुनामुक्त गरी अदालतमा उपस्थित गराउन भनिएको छ ।
‘सर्वोच्च अदालतको नियमावलीअनुसार यस अदालतका रजिस्ट्रारको रोहबरमा विद्वान् अधिवक्ता शम्भु थापाको हाजिर जमानीमा बन्दी बनाइएका सिलवाललाई आजै तत्काल थुनामुक्त गरिदिनू’–आदेशमा भनिएको छ ।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, तुलसी भट्ट र अधिवक्ता हरि फुयाँल, मेघराज पोखरेल, टीकाराम भट्टराई र पूर्णप्रसाद राजवंशीले बहस गरेका थिए ।
प्रहरी नायब महानिरीक्षक सिलवालका तर्फबाट सोमबारै अधिवक्ता पूर्णप्रसाद राजवंशीले गैरकानुनीरुपमा थुनामा राखेको भन्दै अदालतमा निवेदन दायर गरेका थिए ।
छानबिनका लागि भन्दै प्रहरीले सिलवाललाई प्रहरी प्रधान कार्यालय नक्साल लगेको थियो । रासस










प्रतिक्रिया दिनुहोस्