वीर अस्पतालमा अनशनरत् उनले सोमबार सन्चारकर्मीसित सरकार पीडितलाई न्याय दिनभन्दा अपराधीलाई संरक्षण गर्न लागेको आरोप लगाउँदै अब त न्याय पाउने आशा नै मर्न थालेको बताइन् ।
लामो समयदेखि अनशनरत् गंगामायाको स्वास्थ्यस्थिति खस्कँदै गएको छ भने हिँडडुल गर्न नै समस्या हुन थालेको छ ।
गोरखा फुजेलका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकैक्रममा दुई वर्षअघि मृत्यु भएकामा अझैसम्म पनि दाहसंस्कार हुन सकेको छैन ।
२०७१ साल असोज ६ गते मृत्यु भएका अधिकारीको शव दुई वर्षदेखि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्