Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


‘छाया सेन्टर’द्वारा सार्वजनिक पोखरी मासेको आरोपको खन्डन


0
Shares

काठमाडौं, फागुन ७ । ठमेलमा निर्माण गरिएको व्यापारिक कम्प्लेक्स ‘छाया सेन्टर’ले सार्वजनिक पोखरी मासेको आरोपको खन्डन गरेको छ ।

मंगलबार छाया सेन्टरले गरेको पत्रकार सम्मेलनमा सेन्टरका प्रबन्ध निर्देशक महेश्वरमान श्रेष्ठले केही व्यक्तिहरुले पैसाको ‘बार्गेनिङ’ गरेको र आफूहरुले पैसा दिन नमानेपछि मिडियामा प्रचारबाजी गरेको आरोप लगाए ।

कसले कति पैसाको बार्गेनिङ गरेको भन्नेचाहिँ ‘भन्न नमिल्ने’ भन्दै श्रेष्ठ पन्छिए ।

छाया सेन्टर निर्माण गरिएको जग्गाको सम्बन्धमा अदालतले नै फैसला गरिसकेको भन्दै सेन्टरले अदालतको फैसलालाई बेवास्ता गर्दै गलत प्रचार गरिएको दाबी पनि गरेको छ ।

पत्रकार सम्मेलनमा सम्पदा अभियन्ताहरु र सेन्टरका अधिकारीहरुबीचको विवादले चर्को रुप लिएको थियो ।

सम्पदा अभियन्ताहरुले सोक्रममा नाराबाजीसमेत गरेका थिए ।