Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बस पल्टिँदा २७ यात्री घाइते, १० गम्भीर


0
Shares

संखुवासभाको खाँदबारीबाट धरान जाँदै गरेको को१ख ४०७२ नम्बरको पशुपति यातायात मूलघाट–च्याङ्च्याङ्बारीमा पर्ने जंगलभित्रको पाँच गोलाइमा दुर्घटना भएको जनाइएको छ ।

ब्रेकफेल भइ अनियन्त्रित बस भित्तामा ठोक्किएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

घाइतेमध्ये १० जनाको स्थिति गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताए । रासस