Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


एक सय रुपैयाँ प्रतिमहिना शुल्कमै अंग्रेजी माध्यमबाट पढाइने समता निकेतन ताप्लेजुङमा पनि


0
Shares

यो समता विद्यालयको ५३ औं शाखा हो । ताप्लेजुङ सदरमुकाममा स्थापना भएको उक्त स्कुलमा अहिले नर्सरी, एलकेजी, यूकेजी र १ कक्षा संचालनको लागि भर्ना लिइरहेको समताका दिपक सञ्जेलले बताए ।

उनका अनुसार प्रत्येक बर्ष १ कक्षा थपिदै जाँदा सोही विद्यालयमा विद्यार्थीले एम.ए.सम्म पढ्न पाउने छन् । काठमाडौंको बौद्धमा केन्द्रीय कार्यालय रहेको विद्यालयले ७५ वटै जिल्लामा शाखा विस्तार गर्ने योजना बनाएको छ ।