Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


भूकम्पको दुई वर्ष : आम जनता अझै निराश (भिडियो)


0
Shares

काठमाडौंबाट मात्र सात किलोमिटरको दुरीमा रहेको खोकना दुई बर्ष अघिको भूकम्पले तहसनहस बनेको थियो । ऐतिहासिक र साँस्कृतिक महत्वको खोकना भूकम्प गएको दुई बर्ष बितिसक्दा पनि तङ्ग्रिन सकेको छैन ।

त्यसो त केही घर र मठ मन्दिरको जिर्णाेद्दार त गरिएको छ तर अपेक्षाकृत रुपमा बस्ती पुनर्निमाण नहुँदा खोकनाबासी निराश छन् ।

खोकनाका ९० प्रतिशत संरचना भूकम्पले भत्केका थिए भने भूकम्पमा परी नौ जनाको ज्यान गएको थियो । दशौं हजार मानिस बसोबास गर्ने खोकना भूकम्पको पीडा बिर्सन प्रयासरत छ । तत्कालका लागि विदेशी संघसंस्थाले केही राहत सामग्री वितरण गरे पनि सरकारको तर्फबाट पुनर्निर्माणका लागि वितरण गरिएको रकम समयमै नआएको र अपुग भएको स्थानीययको गुनासो छ ।

त्यसो त खोकना एउटा उदाहरणमात्रै हो । २०७२ साल बैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गएको बिनाशकारी भूकम्पले र त्यसपछिका पराकम्पनले १७ जिल्लामा नराम्रोसँग क्षति पु¥याएको थियो । दर्जनौं राष्ट्रिय सम्पदा ध्वस्त र क्षतिग्रस्त बनेका थिए । भूकम्प गएको पनि दुई वर्ष पुरा भई तीन बर्षमा टेकेको छ । तर पनि भूकम्प प्रभावितहरुको अवस्था जस्ताको तस्तै छ ।

जनता अहिले पनि राहत र पुनर्निर्माणको पर्खाइमै छन् भने राज्यले बेवास्ता गरिरहेको छ । यस्तो अवस्था अन्त्यका लागि सरकार गम्भीर बन्नु जरुरी छ ।