अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच मंगलबार बिहान १०.३० बजे छात्रावासको भोजनालयमा खाना खानेक्रममा विद्यार्थीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
झडपमा परी घाइते हुनेमा अनेरास्ववियुका चिरन्जीवी पन्त र अर्का एकजना रहेको र उनीहरुलाई उपचारका लागि भरतपुरका पठाइएको छ ।
केही दिनअगाडि कलेजमा लगाइने टिसर्टका विषयमा उनीहरुबीच विवाद भएको थियो ।
मंगलबार बिहान झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । रासस










प्रतिक्रिया दिनुहोस्