Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बस र टाटासुमो ठोक्किँदा दुईजनाको मृत्यु, पाँच घाइते


0
Shares

मृत्यु हुनेमा सर्लाही, हरिवनका उमेशकुमार कर्ण र घुर्कोलीका थर नखुलेका भुलबहादुर छन् ।

दुर्घटनामा अरु पाँचजना घाइते भएका छन् । घाइते पाँचैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

जनकपुरबाट वीरगन्जतर्फ गइरहेको ना२ख ५२२६ नम्बरको बस र ना१५च १७५० नम्बरको टाटासुमो आपसमा ठोक्किएका हुन् ।

मृत्यु हुने दुबैजना टाटासुमोमा सवार रहेको प्रहरीले जनाएको छ ।