Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


प्रधानमन्त्री दाहाललाई मोदीले गरे टेलिफोन, निर्वाचनमा पूर्ण सहयोग रहने प्रतिबद्धता


0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार टेलिफोन गरी उक्त प्रतिबद्धता जनाएका हुन् ।

‘प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने बताउनुभयो’–प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।

मंगलबार दिउँसो ४ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना दिएका हुन् ।

टेलिफोनमा समकक्षी मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री दाहालको सफलता भएको बताउँदै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बताएका थिए ।

टेलिफोन वार्तामा प्रधानमन्त्री दाहालले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाइका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिएको सल्लाहकार आचार्यले जानकारी दिए । रासस