Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


भूकम्पले तहसनहस बनेको साँखुबासीका आँखा अझै ओभाएका छैनन् (भिडियोसहित)


0
Shares

साँखुका यी भूकम्पपीडितको जीवनको नमेटिने खिल बनेर बसेको २०७२ वैशाख १२ को महाभूकम्प ।

महाभूकम्पले आँखाको नानीभन्दा प्यारी ६ वर्षीया छोरी र जीवनसंगीनीलाई लगेपछि यो दिन उनका लागि मरुभूमिको बगरभन्दा कम बनेको छैन ।

भूकम्पले चुँडेर लगेका परिवारलाई सम्झेर मन छियाछिया हुन्छ, उनको ।

भूकम्पले घर भत्किएर टहरोमा बस्नुपर्ने साँखुबासीको नियति अझै टरेको छैन ।

माइती आएकी दिदी, भिनाजु, दुईजना भान्जी र बुवा गुमाएका सुरज प्रजापतिको पीडा त कहालीलाग्दो छ ।

ऐतिहासिक साँखुबजार हालको संखरापुर नगरपालिकाको नियति फेरिने आशामा दुई वर्ष बितिसकेको छ । टहराको बसाइ र उस्तै कस्टबीच उनीहरुको जीवन जसोतसो चलिरहेकै छ ।

साँखुमा ऐतिहासिक पुराना घर र मन्दिरहरुको पुनःनिर्माण हुन सकेको छैन भने बजार क्षेत्रका बासिन्दाले पहिलो किस्ताको रकम पनि पाउन सकेका छैनन् ।

राज्यले दिने आशसमेत क्षीण हुँदै गएपछि कतिपयले खेतबारी बेचेर धमाधम घर बनाउन थालेको पाइएको छ ।

पुरानो ऐतिहासिक घर गुमाएका जितेन्द्र श्रेष्ठ पुनःनिर्माणको नाममा आफूले अझसम्म कुनै रकम प्राप्त नगरेको बताउँछन् ।

जिल्ला विकास समितिले ढिलाइ गरेकै कारण साँखुबजार क्षेत्रका भूकम्पपीडितले पहिलो किस्ताको रकम पाउनमा ढिलाइ भएको शंखरापुर नगरपालिकाका लेखा अधिकृत कपिल पौडेलले बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।