Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


सिन्धुलीमा भूकम्प प्रभावितलाई तेस्रो किस्तावापतको रकम वितरण सुरु


0
Shares

साविकको शीतलपाटी गाविसका भूकम्प प्रतिरोधी घर निर्माण गरेका लाभग्राहीलाई सरकारी अनुदान वापतको ७५ हजार रुपैयाँको तेस्रो किस्ता वितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी भूकम्प प्रतिकार्य कार्यक्रम सिन्धुलीको संयोजनमा शीतलपाटीमा निर्माण भएका कुल १ सय १३ भूकम्प प्रतिरोधी घरका लाभकर्तालाई तेस्रो किस्ता वापतको रकम वितरण गरिएको हो ।

सिन्धुलीका कुल ३ हजार ५ सय भूकम्प प्रभावित मध्ये हालसम्म सुनकोशी गाउँपालिकाको शीतलपाटीमा सबैभन्दा बढी ८ सय ५५ जनाले पहिलो किस्ता, ३ सय १२ जनाले दोस्रो किस्ता र १ सय १३ जनाले तेस्रो किस्ता वापतको रकम लिएका छन् । तेस्रो किस्ता रकम लिनेमा शीतलपाटी नेपालकै पहिलो रहेको छ ।