Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


ओलीद्वारा प्रधानमन्त्री दाहालको चर्को आलोचना, ‘दाहालको चरित्र विचित्रको’


0
Shares

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको १८ औं स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको चरित्र विचित्रको भएको बताएका छन् ।

उनले प्रधानमन्त्री दाहालले पटकपटक बोली फेर्ने गरेको भन्दै द्वैध चरित्र नदेखाउन आग्रह गरे ।

राजनीतिक सहमतिका लागि एमाले बाधक भएको भन्ने आरोपको खण्डन गर्दै उनले राष्ट्रिय हितमा हुने कुनै पनि विषयमा आफूहरु बाधक नबन्ने स्पष्ट पारे ।

अध्यक्ष ओलीले मनमोहन अधिकारी सामाजिक आन्दोलनका अगुवा र बहुमुखी प्रतिभाका धनी भएको भन्दै नेपाली जनताको पक्षमा उनले पुर्‍याएको योगदानको चर्चा गरे ।

कार्यक्रममा स्वर्गीय अधिकारीको प्रतिमामा माल्यापर्ण गरिएको थियो ।

oli2