मिडिया एड्भोकेसी र युएन वीमेनले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा लेखन सामाग्री तर्फ जगत नेपालको ‘नेपाल साप्ताहिक’मा छापिएको ‘आगो सहनेहरु’ लेखलाई पुरस्कृत गरिएको छ भने फोटो पत्रकारिता तर्फ गोरखापत्रकी कमला थापालाई पुरस्कृत गरिएको छ ।
सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले पुरस्कार प्रदान गरेका थिए । पुरस्कृत हुनेलाई जनही २५ हजार नगत राशी प्रदान गरिएको थियो ।
कार्यक्रममा सञ्चार मन्त्री कार्कीले महिलाको आवाजलाई माथी ल्याउन मिडियाको महत्वपुर्ण भुमिका रहने धारण व्यक्त गरेका थिए ।
पत्रकार महासघंका अध्यक्ष डा. महेन्द्र विष्टले महिला फोटो पत्रकारहरुको क्षमता अभिवृद्धी गराउन उनीहरुलाई प्रोत्साहीत गराउन पहल गरिने बताए ।










प्रतिक्रिया दिनुहोस्