३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


३९ किलो चरेशसहित दुई महिला पक्राउ


0
Shares

३९ किलो चरेशसहित प्रहरीले कोहोलपुर नगरपालिका–१३ बस्ने ३९ बर्षीया मनकुमारी चलावले र रोल्पा, उवा–६ बस्ने ३४ बर्षीया रासीपुरा रोक्का मगरलाई पक्राउ गरेको हो ।

विषेश सुराकीको आधारमा बाग्लुङको बुर्तिबाङबाट बुटवल जाँंदै गरेको लु १ ख ५७३१ नम्बरको बसलाई तानसेन नगरपालिका–४ पेट्रोल पम्पस्थित चेक जांँच गर्ने क्रममा ठूलो परिमाणमा चरेस बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले बुधबार (हिजो) पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।