Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


‘जहाँ समस्या हुन्छ त्यहाँ पुनः गरौं तर बैशाख ३१ गते नै निर्बाचन गरौं’


0
Shares

उनीहरुले जहाँ समस्या हुन्छ त्यहाँ पुनः निर्वाचन गर्ने गरी बैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्नु उचित हुने वताएका हुन् ।

बिहीबार निर्वाचन आयोकका पदाधिकारीलाई भेटेर पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको नेतृत्वमा गएको नागरिक समाजका प्रतिनिधिहरुको टोलीले यस्तो आग्रह गरेको हो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले पूर्व घोषणा बमोजिम बैशाख ३१ गते नै निर्वाचन गर्न र बाँकी रहने क्षेत्रहरुमा एक हप्ताभित्रै निर्वाचन सम्पन्न गर्न आयोगलाई सुझाव दिएको जानकारी दिए ।

नागरिक समाजका प्रतिनिधिहरुले निर्वाचन अघि बजेट ल्याउनु निर्वाचनको कानुन र आचारसंहिता विपरित भएको भन्दै आचारसंहिता पालना गराउन प्रभावकारी भूमिका निर्वाह गर्न समेत आयोगलाई सुझाव समेत दिएका छन् ।