उतार चढावबीच बजार परिसूचक नेप्से मात्र आधा अंक भन्दा पनि थोरैले धनात्मक रहेर १६ सय ७० दशमलब छ दुई कायम भएर थामियो ।
कारोबार पनि अर्ब नाघ्यो । वाणिज्य बैंक र अन्य बाहेक अरु समूह सकारात्मक रहे ।
बीमा समूह सबैभन्दा उच्च ६९ अंकले उकालो लाग्यो । होटल समूह ६६ अंकले बढ्यो । जलविद्युत समूह पनि दोहोरो अंकले सुधारियो ।
वित्त र विकास बैंक समूह सामान्य अंकले सकारात्मक रहे । वाणिज्य बैंक र अन्य समूह सामान्य अंकले ओरालो लागे ।
उत्पादनमूलक समूह स्थीर रह्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४३ कम्पनीको १४ लाख ५१ हजार कित्ता शेयर १ अर्ब १० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्