Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कञ्चनजंघा आरोहणका लागि शिविर पुगेको टोली मौसमका कारण मारमा


0
Shares

१२ दिनअघि नै आधार शिविर पुगेको टोली मौसम खुल्ने प्रतीक्षामा रहेको छ । सेभेन समिटबाट यो सिजनमा तीन जना नेपाली महिला र ११ जना विदेशीको टोली आधार शिविरमा पुगेको छ ।

यो आरोहण तीन वर्षपछि हुन लागेको हो । यसअघि दुई वर्ष लगातार दुर्घटना भएपछि आरोही जान छाडेका थिए । पर्वतारोहीका अनुसार मौसम अनुकूल नभएसम्म हिमालमा हिमपहिरो झर्ने खतरा रहन्छ ।

अहिले उनीहरू ७ हजार ५ सय मिटरसम्मको बेसक्याम्प पुगेर पहिलो बेसक्याम्प फर्कंदै अभ्यास गरिरहेका छन् ।

८ हजार ५ सय ८४ मिटर उचाईको कञ्चनजंघा हिमाल प्राविधिक हिसाबले अप्ठेरो र जोखिमपूर्ण भएकाले आरोहणका लागि कम पुग्ने गरेका छन् ।