
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार बिहीबार राति भरतपुर महानगरपालिका, महानगरको वडा नम्बर–१, ५, १८ र १९ संयुक्त वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, कथित निर्वाचन बहिस्कार गरौं, जनसत्ता स्थापना गरौं’जस्ता नारा लेखिएका थिए ।
उक्त कार्यमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भरतपुर–१८ का तिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
थापाकाअनुसार श्रेष्ठले आफ्नो ना२प १४२४ नम्बरको मोटरसाइकलमा अर्का एक व्यक्तिलाई राखेर साइनबोर्डमा कालो पोत्दै हिँडेका थिए ।
प्रहरी प्रमुख थापाले निर्वाचनविरोधी अभियान हुन नदिन थप सुरक्षा सतर्कता अपनाइएको बताए । रासस
प्रतिक्रिया दिनुहोस्