भूकम्पपीडित भएको भन्दै राजधानीको कमलादी गणेशस्थानछेउ विगत दुई महिनादेखि तीन परिवार बसिरहेका छन् ।
तर, उनीहरुको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका र अरु निकायको ध्यान गएको छैन ।
सडक अतिक्रमण हुने गरी कुनै काम गर्न पाइँदैन । तर, काठमाडौंको अवस्थालाई हेर्ने हो भने धेरैको थातथलो सडक नै बनेको छ ।
अझ कमलादी गणेशस्थानछेउ दोलखा घर भएको र आफूहरु भूकम्पपीडित भएको बताउने तीन परिवार दुई महिनायता सडक ओगटेर बसिरहेकै छन् । उनीहरुको दैनिकी त्यहीँबाट चलिरहेको छ ।
भूकम्पका कारण घर भत्किएपछि कुनै विकल्प नभएका कारण काठमाडौं आएको र मन्दिरछेउ बस्न बाध्य बनेको उनीहरुको भनाइ छ ।
गणेशस्थानछेउ बसिरहेका तीन परिवारको अवस्थाबारे अहिलेसम्म कुनैपनि निकायबाट बुझ्ने काम नभएको त्यस क्षेत्रका सर्वसाधारणको भनाइ छ ।
त्यसो त स्थानीयबासिन्दाले फुटपाथ अतिक्रमण गरेर बसिदिँदा आवत–जावत गर्न समस्या भएको, मन्दिर क्षेत्रको वातावरण बिग्रिएको गुनासो गरेका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्