मेलाको शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गर्दै हुन्डी कारोबारलाई निरुत्साहित गर्न सहयोगका लागि आग्रह गरे ।
वैधानिक कारोबारलाई सबैले प्रोत्साहन दिनुपर्नेमा जोड दिँदै उनले हुन्डी कारोबारलाई निरुत्साहित गर्न आग्रह गरे ।
उनले पछिल्लो समयमा मुलुकको आर्थिकस्थिति सकारात्मक रहेको भन्दै यस वर्ष आर्थिक गतिविधि पनि बढ्ने विश्वास व्यक्त गरे ।
मेलामा बैंक, सेयर, कर्जालगायतको विषयमा जानकारी दिने आयोजकले जनाएको छ । मेलाको ५ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।










प्रतिक्रिया दिनुहोस्