Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


‘डीआइजी सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकन कागजात फर्जी बनाए’


0
Shares

फाइल फोटो
सरकारले सिलवालको कार्यसम्पादन मूल्यांकनको कागजातसहितको लिखितपत्र सर्वोच्च अदालतमा पेस गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए ।

अदालतमा पेस गरिएको लिखितपत्रमा सरकारले प्रहरी नायब महानिरीक्षक सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकन कागजात फर्जी बनाएको उल्लेख छ । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाको प्रतिवेदनमा कार्यसम्पादन मूल्याङ्कन कागजात फर्जी भएको बताइएको छ ।

सिलवालले तत्कालीन प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याल प्रहरी महानिरीक्षक भएलगत्तै गत चैत १९ गते अदालतमा रिट निवेदन दायर गरी कार्यसम्पादन मूल्यांकनमा आफ्नो अंक अर्यालभन्दा बढी रहेको उल्लेख गरेका थिए ।

सरकारले पठाएको सो लिखित जवाफबारे यही वैशाख १९ गते पूर्ण इजलासमा सुनुवाइ हुनेछ । रासस