Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


‘ब्याजदरका कारण आर्थिक संकट आयो’


0
Shares

दीपक घिमिरे (इमेज)

भैरहवा, फागुन ६ । प्रदेश नम्बर–५ का उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजका कारण मुलुकमा आर्थिक संकट आएको बताएका छन् ।

अत्याधिक मात्रामा बढेको ब्याजका कारण व्यवसायहरु बन्द गरेर हिँड्नुपर्ने अवस्था आइसकेको भन्दै उनीहरुले ब्याज नघटाए व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर–५ को आयोजना तथा सिद्धार्थ उद्योग वाणिज्य संघको संयोजनमा ब्याजदर वृद्धिका सन्दर्भमा आइतबार भैरहवामा भएको कार्यक्रममा सरोकारवालाले बैंक तथा वित्तीय संस्था नाफामुखीमात्रै भएको आरोप लगाएका थिए ।

उनीहरुले तत्काल निश्चित ब्याजदर तय गरी बैंक तथा वित्तीय संस्थाको मनोमानी रोक्न नेपाल राष्ट्र बैंकलाई आग्रह पनि गरेका छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंक तथा वित्तीय संस्थाले लिने निक्षेप र प्रवाह गर्ने कर्जाको ब्याजदर राष्ट्र बैकले तोक्न नमिल्ने बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबारै सिंहदरबारमा निजी क्षेत्रसँग ब्याजदरका विषयमा छलफल गरेका थिए ।