Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


आज जौंको सातु र खुदो तथा महको सर्वत खाएर अक्षय तृतीया मनाईंदै


0
Shares

यसो गर्नाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।

यस्तै बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । ज्योतिषीका अनुसार आज गरिएका सबै सत्कर्मको अक्षय पूण्य प्राप्त हुन्छ ।

वर्ष भरीको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई बिघ्नविनाशक दिन पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नहुनु हो ।

चार युग मध्ये सत्य र त्रेता युग यसै तृतीया तिथिबाट सुरु भएको मानिन्छ । त्यस्तै चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन खोल्ने गरिन्छ ।

महर्षि बेद व्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ ।

अक्षय तृतीयाका दिन आज काठमाडौंको पशुपतिनाथलगायत देशभरका मन्दिरहरुमा समेत जौको सातु र खुँदो तथा महको सर्वत वितरण भइरहेको छ ।