Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


टाउको काटेर बारीमा गाडिएको अवस्थामा बेपत्ता बालकको शव भेटियो


0
Shares

बालकको हत्यामा संलग्न रहेको आरोपमा बालकका काका सुरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार साँझ घरबाटै अचानक बेपत्ता भएका खोरिया निवासी भरोसी यादवका दुई वर्षे छोरा रञ्जनकुमार यादवको टाउको काटेर घरनजिकैको बारीमा गाडिएको अवस्थामा शव फेलापरेको इप्रका कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिए ।

बेपता बालकको खोजी गर्नेक्रममा घरनजिकैको बारीमा शव गाडिएको अवस्थामा फेलापरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको बज्राचार्यको भनाइ छ ।

यस्तै, पोखरीमा डुबेर सिरहा नगरपालिका–१९ स्थित जोघियामा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय समेश यादवको चार वर्षीय छोरा धीरजकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

घरनजिकै रहेको पोखरीमा नुहाउन गएका बालक डुबेर अचेत अवस्थामा भेटिएपछि उपचारका लागि जिल्ला अस्पताल सिरहा लैजानेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस