Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सगरमाथामा ‘मानिसको शव भेटियो’


0
Shares

सगरमाथाको आधार शिविरदेखिमाथि क्याम्प एकनजिकै मानिसको शव भेटिएको पर्यटन कार्यालय नाम्चेका प्रमुख टंक भट्टराईले जानकारी दिए ।

हिउँको थुप्रोमा खुट्टामात्रै देखिएको उक्त शव पहिचान हुन नसकेको भट्टराईको भनाइ छ ।

केही वर्षयता सगरमाथामा कोही पनि हराएको सूचना नआएकाले केही वर्ष पुरानो शव हुनसक्ने बताइएको छ ।

सगरमाथा आरोहणमा सहयोगी रहेका एक व्यक्तिले मानिसको शव भेटिएको सूचना दिएपछि शव निकाल्ने प्रयास भइरहेको भटराईले बताए ।

शव निकाल्न हिमालय क्षेत्रमा ‘रेस्क्यु एक्स्पर्ट’लाई पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए ।

सगरमाथा आरोहणमा जाने आरोहीहरु अहिले क्याम्प दुईसम्म पुगिसकेका छन् । आरोहीकै सहयोगीहरुले शव देखेपछि सम्बन्धित निकायलाई खबर गरेका थिए ।